सिभिक डेभलपमेण्ट बैंक छैठौं वर्षमा

305
  •  
  •  
  •  

काठमाडौं ३१ साउन (ओएनएस) : धादिङमा केन्द्रिय कार्यालय रहेको सिभिक डेभलपमेण्ट बैंक पाँचौ बर्ष पुरा गरी छैठौं बर्षमा प्रवेश गरेको छ । बैंकको पाँचौ बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमविच धादिङमा २०७० सालको एसएलसीमा सवै भन्दा बढी अंक ल्याएका सरकारी तथा गैरसरकारी स्कुलका १ /१ विद्यार्थीलाई जनहरु १० हजार  रुपैयाँ तथा सम्मान पत्र प्रदान गरेको छ ।

त्यस्तै ढोला गाविसको कालिका माबिका छात्रछात्राहरुलाई र धादिङबेशी स्थित बौद्विक अपाङ्ग भएका विद्यार्थीलाई १ सय थान स्कुल ब्याग बितरण गरेको छ । धादिङवेशीमा केन्द्रीय कार्यालय रहेको यस बैंकको, बैरेनी र आरुघाटमा शाखा तथा धादिङबसीको पुच्छार बजार, पिडा गाविसको आदमघाट र सल्यानटारमा एक्सटेन्सन काउण्टर सञ्चालनमा रहेको छ । त्यस्तै बैरेनीको गल्छीमा सिमित बैंकिङ इकाई स्थापना गरिसकेको छ ।
अधिकृत पूंजी १० करोड रुपैयाँ रहको बैङ्कको जारी पूंजी ५ करोड र चुक्ता पूंजी ४ करोड रुपैयाँ रहेका् छ । बैंकले शेयरधनीहरुको लागि ४ : १ को अनुपातमा हकप्रद शेयर जारी गरिसकेको बताएको छ । यस हकप्रद शेयरको रकम प्राप्ती पश्चात यस बैंकको चुक्ता पूंजी ५ करोड रुपैयाँ हुनेछ ।


  •  
  •  
  •