सर्वोच्चको फैसलाविरूद्ध ६ माओवादीको विरोध र्‍याली

256
  •  
  •  
  •  

6 Maoistकाठमाडौ, २३ चैत(ओएनएस) : सर्वोच्च अदालतको फैसलाको विरोध गर्दै आएका एमाओवादीसहितका ६ माओवादीले उक्त फैसलाविरूद्ध आज राजधानीमा विरोध प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतले द्धन्द्धकालिन घटनाका दोषीलाई आममाफी नदिनू भनेर गरेको फैसलाको संयुक्त विरोधका कार्यक्रमस्वरूप विरोध र्‍याली गरिएको हो । बबरमहलबाट सुरू भएको विरोध र्याली रत्नपार्कको शान्ति बाटिकामा पुगेर टुङ्गिएको छ ।

6 Maoist 1र्यालीको अग्रपंक्तिमा पार्टीका शीर्षस्थ नेताहरू रहेका छन् । र्यालीमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा-माओवादीका महासचिव रामबहादुर थापा बादल, मातृका यादव, कृष्णबहादुर महरा, सिपी गजुरेल लगायतका नेताहरू सहभागी रहेका थिए ।

सर्वोच्चको फैसला शान्ति सम्झौता विपरित भएको माओवादीको भनाई रहेको छ ।


  •  
  •  
  •