सिटौलाले दिए प्रचण्डलाई जवाफ : ‘प्रधानमन्त्री बाधक होइन साधक’

76
  •  
  •  
  •  

sitaulaकाठमाडौं, ७ माघ (ओएनएस) : एमाओवादीअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति गर्न ‘ प्रधानमन्त्री सुशील कोइराला बाधक’ भएको भन्ने अरोप लगाएको केहि घण्टा मै सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री कृष्ण सिटौलाले त्यसको जवाफ दिएका छन् ।

संविधानसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सिटौलले भने, ‘सत्तामा रहेपनि सुशील कोइराला बाधक होइन साधक हुनुहुन्छ, हरेक पटक सहमति निर्माणमा सक्रियता देखाउनु भएको छ । ’

सिटौटाले प्रक्रिया अघि बढाएर मात्र संविधान निर्माण प्रक्रिया अघि बढ्ने बताए । उनले संविधानसभा नियमावली अनुसार बनाएको प्रक्रिया र कार्यविधि अगाडि नबढाएसम्म संविधान बन्न नसक्ने बताए । ४ वर्षसम्म कार्यविधि अघि बढेको बताउँदै उनले भने, ‘जब प्रक्रिया बढ्छ संविधान बन्छ, जब रोकिन्छ संविधान बन्दैन ।’

पत्रकारहरुसँग कुरा गर्दै एमाले वरिष्ठ नेता झलनाथ खनालले माघ ८ मा संविधान ल्याउन नदिन ठूलो अवरोध भएको भएको बताउदै माघ ८ मा प्रक्रिया अघि बढाउने बताए । उनले सहमति भए एक महिनाको सेरोफेरोमा संविधान ल्याउन सकिन्छ ।

यो पनि पढ्नुहोस् :- सहमतिको बाधक प्रधानमन्त्री : प्रचण्ड


  •  
  •  
  •