सिटौला र थापाको उम्मेदवारी घोषणामा भव्य उपस्थिति (फोटो फिचरसहित)

516
  •  
  •  
  •  

काठमाडौँ, १९ फागुन(ओएनएस) : नेपाली कांग्रेसको आसन्न १३ औ महाधिवेशनमा आफ्नो नेतृत्व चयनका लागि पार्टीका महामन्त्री कृष्णप्रसाद सिटौलाले आफ्नो प्यानलसहित सभापतिमा उम्मेदवारी घोषणा गर्दैछन् ।

बत्तिसपुतलीको अनुपम फुड एण्ड क्याटेरिङमा हुन लागेको घोषणा कार्यक्रममा अहिले निकै भीड लागेको छ । कृष्णप्रसाद सिटौलाले सभापति र उनको प्यानलबाट युवा नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्न लागेको कार्यक्रममा अपेक्षा गरिएभन्दा धेरै समर्थकको उपस्थिति भएको छ । त्यहाँको भीड थेग्न निकै प्रहरीलाई हम्मेहम्मे परेको छ । क्याटेरिङमा समेत बाक्लो उपस्थिति रहेको छ भने बाहिर पनि बाक्लो उपस्थिति रहेका कारण ट्राफिक जाम समेत भएको छ ।

…….

gagan sitaula pannel2

कार्यक्रमका लागि भर्खरै युवा नेता गगन थापा कार्यक्रम स्थलमा पुगेका छन् । उनी त्यहाँ पुग्दा समर्थकहरूले गगन थापाको जयजयाकार समेत गरेका थिए । यस्तै, उनीसँग अंकमाल गर्ने, हात मिलाउने तथा उनीसँग फोटो खिच्नेको भीड समेत बाक्लो उपस्थिति छ ।

…….

gagan sitaula pannelकार्यक्रमका लागि कृष्णप्रसाद सिटौला पनि कार्यक्रम स्थल पुगेका छन् भने उमाकान्त चौधरी, भीमसेनदास प्रधान, उषा गुरूङ, सुधिर सिवाकोटी, रामकुमार चौधरी, शेरबहादुर लामा, मृदुला कोइरालालगायतका नेताहरूको पनि उपस्थिति रहेको छ । स्रोतका अनुसार चौधरीलाई कोषाध्यक्ष पदको उम्मेदवार घोषित गरिने सम्भावना रहेको छ ।

……

कार्यक्रमको बीचबीचमा पटकपटक माइक बिग्रिएको थियो ।gagan sitaula pannel3


  •  
  •  
  •