काठमाडौँ, २१ फागुन(ओएनएस) : नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले आफ्नो प्यानलसहितको उम्मेदवारी दर्ता गराएका छन् ।
आज बिहान पार्टी केन्द्रिय कार्यालय सानेपा पुगेर आफ्नो प्यानलसहितको उम्मेदवारी दर्ता गराएका हुन् । उनीसँगै उनको प्यानलबाट महामन्त्रीमा कांग्रेसका युवा नेता गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघि नै पार्टीका कार्यबाहक सभापति रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।