कांग्रेस नेता सिटौला अस्पतालबाट ‘डिस्चार्ज’

301
  •  
  •  
  •  

काठमाडौं, १२ चैत(ओएनएस) : पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट आज ‘डिस्चार्ज’ भएका छन् ।

काठमाडौंको ह्याम्स अस्पतालमा पाँच दिनको उपचारपछि नेता सिटौला आज घर फर्किएको उनका सहयोगी प्रेम भट्टराईले जानकारी दिएका छन् ।,

शुुक्रबार साँझ अचानक स्वास्थ्यमा गडबडी भएपछि उनी अस्पताल भर्ना भएका थिए । उनको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचाप समेत घटेकाले सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गरिएको थियो । नेता सिटौलालाई रगतको मात्रा बढाउन शुक्रबार र शनिबार रगतसमेत दिइएको थियो ।


  •  
  •  
  •