मदर टेरेसाकी उत्तराधिकारी निर्मलाको निधन

147
  •  
  •  
  •  

Sister-Nirmalaकाठमाडौ, ८ असार(ओएनएस) : मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मला (निर्मला जोशी)को ८१ वर्षको उमेरमा कोलकातामा निधन भएको छ ।

मदर टेरेसाद्धारा कोलकातामा स्थापित परोपकारी संस्था मिसनरिज अफ च्यारिटीको हाल निर्मला प्रमुख थिइन् । मदर टेरेसाले निर्मलालाई आफ्नो उत्तराधिकारी बनाएर छाडेकी थिइन् ।

उनको गयराती १२ बजेर ५ मिनेटमा निधन भएको हो । सन् १९३४ मा नेपालको स्याङ्जामा जन्मिएकी निर्मला १९९७ को मार्चदेखि २००९ सम्म मिसनरिज अफ च्यारिटीको सुपेरियर जनरल थिइन् ।

उनलाई भारत सरकारले पद्मविभुषणबाट सम्मानित गरेको थियो ।


  •  
  •  
  •