श्रीलंकामा बिहीबार पुनः बम बिस्फोट

455
  •  
  •  
  •  

कोलम्बो : श्रीलंकाको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनः बम बिस्फोट भएको छ । स्थानीय समयानुसार बिहीबार भएको यस बम आक्रमणबाट कुनै मानवीय हताहतको खबर भने प्राप्त नभएको प्रहरीले जनाएको छ ।

गत आइतबार तीन वटा पाँचतारे होटल र तीन वटा गिर्जाघर (चर्च) मा भएका शृंखलाबद्ध बम बिस्फोटमा बिहीबार मध्यान्हसम्म ३ सय ६० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानीसमेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलंकाको विदेश मन्त्रालयले जनाएको छ । बिस्फोटबाट करिब ५ सय भन्दा बढी व्यक्ति घाइते भएका छन् । उपचार गराइरहेका घाइतेमध्ये अझै केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालहरुले जनाएका छन् ।

राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च, नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्च र बाट्टिकोलोवास्थित चर्चमा बिस्फोट गराइएका थिए ।

यस्तै राजधानीका पाँचतारे होटलहरु सांग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि बिस्फोट भएका थिए ।
बिस्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ ।

सरकारले भने श्रीलंकामै सामान्य सक्रिय समूह नेसनल थोहित जमाथको संलग्नताको आशंका गरेको छ ।
बिस्फोटमा संलग्न अधिकांश व्यक्तिको पहिचान खुलेको र उनीहरु सबै श्रीलंकाली रहेको बताइएको छ । –सिन्ह्वा


  •  
  •  
  •