स्पिनरले ७ विकेट लिएपछि श्रीलंकाले बनायो मात्र १ सय ३१ रन

165
  •  
  •  
  •  

imran tahirकाठमाडौ, ४ चैत(ओएनएस) : विश्वकप क्रिकेट अन्तर्गत पहिलो क्वाटरफाइनलमा दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिष्पर्धा भइरहेको छ ।सिडनी क्रिकेट ग्राउण्डमा भएको खेलमा टस जितेर ब्याटीङ थालेको गरेको श्रीलंकाले ३७ ओभर २ बल खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र १ सय ३३ रन जोडेको छ । पानी परेपछि केहीबेर खेल रोकिएपनि खेल पुन सुचारू भएको थियो  । खेल सुचारी भएपछि इमरान ताहिरले मलिंगालाइ आउट गरेपछि दक्षिण अफ्रिकाले १ सय ३४ रनको विजय लक्ष्य पाएको छ ।

श्रीलंकाका लागि कुमार सांगाकाराले सर्वाधिक ४५ रन जोडेका थिए भने लहिरू थिरिमन्नेले ४१ रन, कप्तान एन्जेलो म्याथुजले १९ रन जोड्नु बाहेक अन्य कुनै पनि ब्याटस्म्यानले दोहोरो अंक जोड्न सकेनन् । श्रीलंकालाई झिनो स्कोरमा रोक्नका लागि इमरान ताहिरले ४ विकेट लिए भने जेपी डुमनीले ह्याट्रिक लिँदै ३ विकेट लिएका थिए । यस्तै, मोर्ने मोर्केल, डेल स्टेन र कायल एबोटले समान १-१ विकेट लिएका थिए ।

दक्षिण अफ्रिकाले केहीबेरमा ब्याटिङ थाल्नेछ ।


  •  
  •  
  •