श्रीलंकामा देशभर रात्रिकालीन निषेधाज्ञा

76
  •  
  •  
  •  

एजेन्सी : श्रीलंकामा मुस्लिम समुदायविरुद्ध हिंसा फैलिनथालेपछि देशभर रात्रिकालीन निषेधाज्ञा जारी गरिएको छ ।
हिंसामा मस्जिद तथा मुस्लिमहरूका पसललाई तारो बनाइएको थियो । प्रहरीका अनुसार कम्तीमा एक जनाको मृत्यु भएको थियो ।

REUTERS

मंगलबार विभिन्न सहरमा दंगा गर्न खोज्नेहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यासको समेत प्रयोग गरेको थियो भने हावामा गोली हानेको थियो ।

इस्टर पर्वको दिन इस्लामिक लडाकुहरूले गिर्जाघर तथा होटलहरूमा आत्मघाती आक्रमण गर्दा २ सय ५० जनाभन्दा बढीको ज्यान गएको थियो । त्यसपछि श्रीलंकामा साम्प्रदायिक तनाव चुलिएको छ ।

बीबीसीका अनुसार अहिलेको अस्थिरताले गत महिना भएको उक्त घटनाको अनुसन्धानलाई प्रभाव पारेको भन्दै प्रधानमन्त्री रनिल विक्रमसिंघले सबैलाई शान्त रहन आग्रह गरेका छन्।् ।

स्थानीय समयानुसार मंगलबार राति नौ बजेदेखि सात घण्टाका लागि कफ्र्यू लगाइएको छ ।
इस्टरमा भएको घटनापछि सम्भावित प्रत्याक्रमण हुन नदिन सुरक्षाकर्मीहरू सफल भएको सरकारी पक्षले दाबी गरेको छ ।


  •  
  •  
  •