श्रीलंका संकटः अनियन्त्रित बन्दै प्रदर्शन

86
  •  
  •  
  •  

एजेन्सी । श्रीलंकामा गहिरो आर्थिक संकटकाबीच राजनीतिक अस्थिरता उत्पन्न भएको छ । केही दिनयता ठूला प्रदर्शनसँगै हिंसात्मक गतिविधि बढेका छन् ।
सोमबार बिहानैदेखि भएको प्रदर्शनमा झडप हुँदा कम्तीमा ३ जना मारिएको स्थानीय मिडियाले जनाएका छन् । यस क्रममा एक सांसद र एक प्रहरी अधिकृत पनि मारिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

प्रदर्शनकारीले केही मन्त्री र सांसदहरूको निवासमा पुगेर आगजनी समेत गरेका छन् । झडपको क्रममा २ सय जना घाइते भएको डेली मिररले जनाएको छ । उनीहरूको अहिले कोलम्बोस्थित कोलम्बो नेश्नल हस्पिटलमा उपचार भइरहेको छ ।

सोमबार महिन्दा राजापाक्षेले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । तैपनि हिंसा रोकिएको छैन । मंगलबार राष्ट्रपति गोटाबाया राजापाक्षेले प्रधानमन्त्रीको राजीनामा स्वीकार गरिसकेका छन् ।

अहिले कोलम्बोसहितका सहरमा राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शन भएको छ । र ती प्रदर्शन हिंसात्मक बन्दै गएका छन् । महिन्दा राजापाक्षे समर्थकहरूको प्रदर्शनले पछिल्लो समय उग्र रुप लिँदै गएको स्थानीय मिडियाले जनाएका छन् ।


  •  
  •  
  •