बेलायती राजदरवारमा कालो झण्डा राखिने !

490
  •  
  •  
  •  

काठमाडौं, २१ असार (एजेन्सी) । आफूलाई बेलायती नागरिक दाबी गर्दै सिरियामा इस्लामिक चरमपन्थीकातर्फबाट युद्धमा सहभागी एक व्यक्तिले आफू बेलायतको राजदरवार बकिंघम प्यालेसमा ‘इस्लामको कालो झण्डा नफहराएसम्म बेलायत नफर्किने बताएका छन् ।

उनले आफू अल–नुसरा फ्रन्टको तर्फबाट युद्ध गरिरहेको बताएका छन् । यो समुह अल कायदासँग आबद्ध संगठन हो । जसलाई बेलायतमा प्रतिबन्द लगाइएको छ । यसैबीच बेलायतमा मुसलमान धर्मगुरुहरुले ती बेलायती युवाहरुसँग सिरिया र इकारमा जारी युद्धमा सहभागी नहुन अपिल गरेका छन् । एकसयभन्दा धरै धर्मगुरुहरुले एक खुलापत्रमा मानिसहरुलाई जातीय भेदभावको शिकार नहुन अपिल गरेका छन् ।

‘इस्लामको कालो झण्डा’
बेलायतको खुफिया एजेन्सीका अनुसार करिब पाँच सय बेलायती नागरिक सिरिया र इकार युद्धमा सहभागी छन् । सिरियामा यद्ध गरिरहेको आफूलाई बेलायती नागरिक दाबी गर्ने व्यक्तिले विविसीसँग भने,‘ म तबसम्म बेलायत फर्कन्न, जहिलेसम्म बकिंघम प्यालेसमा इस्लामको कालो झण्ठा फहराउँदैन ।’ ती युवकले आफू एक वर्षदेखि सिरियामा छन, साथै बम बनाउने र दुश्मनलाई समाप्त पार्ने प्रशिक्षण लिइरहेका छन् । बिबिसिका अनुसार इस्लामिक राज्यको विरोध गर्ने हरेक व्यक्ति उसको दुश्मन हो ।

केही दिन पहिला आईएसआईएसकोतर्फबाट जारी गरिएको एक भिडियोमा केही बेलायती लडाकु पनि देखाइएको थियो । जसको कारण इस्लामिक चरमपन्थीलाई लिएर बेलायतको चिन्ता झन बढेको छ ।


  •  
  •  
  •