संसदबाट अनुमोदन नगराई सिरियामाथि आक्रमण गरेपछि अप्ठेरोमा बेलायती प्रधानमन्त्री

405
  •  
  •  
  •  

३ बैशाख : संसदबाट अनुमोदन नगराई अमेरिका र फ्रान्ससँग मिलेर गत शनिबार सिरियामाथि क्षेप्यास्त्र आक्रमण गरेपछि बेलायती प्रधानमन्त्री टरिजा मे अप्ठेरोमा परेकी छन्। सोमबार उनले संसदमा कठिन प्रश्नको सामना गर्नुपर्ने बताइएको छ।

यो आक्रमणबारे उनले संसदमा सम्बोधन गर्ने कार्यक्रम छ। सांसदहरुले उनले किन संसदलाई छलेर आक्रमणको निर्णय लिइन् भन्ने बारेमा प्रधानमन्त्री मेलाई र्‍याखर्‍याखती पार्ने अपेक्षा गरिएको छ।

विपक्षी लेवर पार्टीका नेता जेरेमी कोर्बिनले यसअघि नै मेको कदममाथि वैधानिकताको प्रश्न उठाउन सकिने स्पष्ट पारिसकेका छन्।

गत जुनमा भएको चुनावमा आफ्नो पार्टीको बहुमत गुमाएपछि प्रधानमन्त्री मे सानो नर्दन आइरिस पार्टीको भरमा टिकेकी छन्। एजेन्सी


  •  
  •  
  •