सिरियामा हवाइ आक्रमणमा कम्तीमा ५० जनाको मृत्य

264
  •  
  •  
  •  

एजेन्सी । सिरियाको इस्लामिक स्टेट ‘आईएस’ लडाकूहरुको पकड रहेको क्षेत्रमा भएको हवाइ आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

अमेरिकी नेतृत्वको सैन्य हवाई आक्रमणमा परी उनीहरु मारिएका हुन् । आक्रमणमा परी मारिएका मध्ये अधिकांश महिला र बालबालिका रहेका छन् ।

डेइर अल जौर प्रान्तमा पर्ने बाघौजमा रहेका आइएस लडाकूहरुलाई लक्षित गरी हवाई आक्रमण भएको जनाइएको छ ।
आक्रमण गर्नुअघि सिरियन डेमोक्रयाटिक फोर्स ‘एसडीएफ’ले समयसिमा तोकेर आत्मसमपर्ण गर्न आइएस लडाकू र उनीहरुका परिवारलाई आह्वान गरेको थियो ।

तर आइएस लडाकू र उनीहरुका आफन्तसहित हजारौले आत्मसमपर्ण गर्न अस्विकार गर्दै लक्षित क्षेत्र छाडेर अन्यन्त्र भागेका थिए ।

अमेरिकाको सहयोग रहेका एसडीएफले आइतबार आइएस लडाकू विरुद्ध देशको पूर्वी क्षेत्रमा आक्रमण गर्ने घोषणा गरेको थियो ।


  •  
  •  
  •