६ वर्षमै सन्तान

82
  •  
  •  
  •  

वेलावेलामा यस्ता समाचार सुन्नमा आउँछन्, जसलाई पत्याउन गाह्रो पर्छ । यस्तै समाचार सन् १९३३ मा पेरुको तिक्रापो इलाकाबाट आएको थियो । पेरुकी ६ वर्षकी बालिकाले एउटा स्वस्थ बच्चालाई जन्म दिएको समाचारले सबैलाई चकित बनाएको थियो ।

लिना मदिनाले ६ वर्ष सात महिनाको उमेरमा एक स्वस्थ बच्चालाई जन्म दिएकी थिइन् । यसलाई चिकित्सा विज्ञानको इतिहासमा आजसम्मकै विचित्र घटनाका रूपमा लिइन्छ । सबैभन्दा कम उमेरकी आमाका रूपमा लिनाले बनाएको रेकर्ड आजका मितिसम्म कसैले तोड्न सकेको छैन ।

पाँच वर्षको उमेरमा लिनाको पेटको आकार बढ्न थालेपछि बाबुआमा चिन्तित बनेका थिए । त्यसपछि उनीहरूले अस्पतालमा लगेर छोरीलाई जँचाएका थिए । सुरुमा उनको पेटमा ट्युमर रहेको आशंका गरिएको थियो । चेकजाँचपछि डाक्टरहरूले उनको पेटमा सात महिनाको बच्चा रहेको बताउँदा लिनाका बाबुआमा मात्र होइन, पूरै संसार चकित भएको थियो । १४ मे १९३९ मा लिनाले छोरो जन्माइन् । शल्यक्रिया गरेर लिनाको पेटबाट बच्चा निकालिएको थियो । डाक्टरहरूले आठ महिनामै उनलाई पहिलोपटक रजस्वला भएको पुष्टि गरेका थिए ।

लिनाले आफ्नो छोराको बाबु को हुन् भन्ने कहिल्यै बताइनन् । उनका बाबुलाई यसका निम्ति जिम्मेवार रहेको आशंकामा पक्राउ गरिए पनि प्रमाण नजुटेपछि छोडिएको थियो । एजेन्सी


  •  
  •  
  •  

Comments are closed.