सम्मानित जीवनका लागि एकल महिला दिवस…(फोटोफिचर)

248
  •  
  •  
  •  

single woman dayकाठमाडौ, ८ असार(ओएनएस)  : आज अन्तरराष्ट्रिय एकल महिला दिवस, ‘एकल महिला शान्ति तथा सशक्तिकरणको बाहक’ भन्ने नाराका साथ नेपालमा पनि मनाइएको छ ।

दिवसको अवसरमा एकल महिला समूहले आज भूकम्पपछिको अवस्थाका बारेमा तस्विर प्रदर्शनी, साङ्गीतिक प्रस्तुती तथा राहत र उद्धारमा गरीएको मेहनतका विभिन्न पक्षहरुको जानकारी गराएको छ ।

single woman day1संयुक्त राष्ट्रसङ्घले सन् २०१० मा हरेक वर्ष जुन २३ लाई अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाउने निर्णय गरेको थियो । संयुक्त राष्ट्रसङ्घले एकल महिलाको गरिबी, शिक्षालगायतका विषयलाई प्रमुख प्राथमिकताका साथ सम्बोधन गरी उनीहरुलाई समाजमा हिंसारहित र सम्मानित जीवन बिताउनका लागि सशक्त बनाउने उद्देश्य मनाउन थालिएको एकल महिला समूहकी अध्यक्ष लिली थापाले जानकारी दिइन् ।

single woman day3संसारभर एकल महिलाको सङ्ख्या करिब ५० करोड रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । भने नेपालमा राष्ट्रिय जनगणना २०६८ अनुसार एक महिलाको सङ्ख्या चार लाख ९ हजार ९६ रहेका छन् ।

single woman day2गत वैशाख १२ गते गएको ‘गोरखा भूकम्प’का कारण करिब ५० हजार एकल महिला प्रत्यक्ष रुपमा प्रभावित भएको समूहले जनाएको छ । समूहले आर्थिक सुदृढीकरण, सीपमूलक कार्यक्रम, काननुी सहयोग र सरकारी निकायसँगको समन्वय गराउने काममा क्रियाशील रहेको थापाले जानकारी दिइन् ।

समूहले देशभर दुई हजार गाविसमा एकल महिला सञ्जाल गठन गरिसकेको छ भने एक लाख महिलाहरू उक्त सञ्जालमा आवद्ध भइसकेका छन् ।

single woman day4समूहले भूकम्प प्रभावित १४ जिल्लामा दश ट्रक भन्दा बढी राहत सामग्री प्रदान गरेको र केही जिल्लामा पुनः निर्माणको काम समेत गरीरहेको सो अवसरमा जानकारी दिइएको थियो ।


  •  
  •  
  •