सिंहदरबार घेराउ आज पनि

136
  •  
  •  
  •  

काठमाडौं ३ जेठ (ओएनएस) : संघीय गठबन्धनले सिंहदरबार घेराउ कार्यक्रम एक दिन लम्ब्याएको छ । आजसम्मका लागि तय गरिएको कार्यक्रम भोलि पनि निरन्तरता दिने निर्णय गरिएको छ । पहिलो दिनको कार्यक्रमले सरकारलाई दवाव पुगेको निस्कर्ष सहित आदिवासी जनजाति तथा मधेसी दलहरुको संयुक्त मोर्चा संघीय गठबन्धनले सिंहदरवार घेराउको कार्यक्रमलाई सोमबार पनि निरन्तरता दिने निर्णय गरेको हो ।

सिंहदरबार घेराऊ कार्यक्रमलाई जारी राख्ने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले जानकारी दिए । उनले अधिकार नलिई सिंहदरबारबाट नउठ्ने बताए ।

तीन दिनको कार्यक्रमपछि सिंहदरबार घेराउ कार्यक्रमलाई निरन्तर राख्ने वा स्वरुप परिवर्तन गर्नेबारे निर्णय गर्ने यादवले बताए । आज पनि बिहान साढे ९ बजेबाट घेराउ सुरु हुनेछ ।सरकारले आज थप सुरक्षाकर्मीको तैनाथी बढाउने भएको छ । बिहान ५ बजेदेखि नै सुरक्षाकर्मी परिचालित थिए । पहिलो सिदन उपत्यकाको यातायात अस्तब्यस्त बनेको थियो ।


  •  
  •  
  •