सय करोड क्लबमा सिंघम रिटर्न्स

494
  •  
  •  
  •  

काठमाडौ, ४ भदौ(एजेन्सी) : रोहित शेट्टीको चलचित्र ‘सिंघम रिटर्न्स’ सय करोड क्लबमा प्रवेश गर्ने बाटोमा लागेको छ । चेन्नई एक्स्प्रेस, गोलमाल जस्ता हिट चलचित्र दिइसकेका शेट्टीको ‘सिंघम रिटर्न्स’ले पनि करोड क्लबमा प्रवेश गरेको छ ।

सोमबारसम्म करिब ९२ करोड कमाउन सफल भएको चलचित्र मंगलबारको कमाईपछि करोड क्लबमा प्रवेश गरेको हो । अजय देवगन र करिना कपूरको प्रमुख भूमिका रहेको उक्त चलचित्र गत शुक्रबारबाट हलहरूमा लागेको थियो ।

Singham-Returnsचलचित्रले विदेशमा पनि राम्रो व्यापार गरेको छ । चलचित्रले अहिलेसम्म करिव १४.२ करोड कमाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

चलचित्र अजय देवगण फिल्म्स, रोहित शेट्टी प्रोडक्सन्स र रिलायन्स इन्टरटेनमेन्टले संयुक्त रूपमा निर्माण गरेका हुन् ।


  •  
  •  
  •