नयाँ सरकारले मन्त्रालय मर्ज गर्ने, यस्ता हुन्छन् अव मन्त्रालय

37
  •  
  •  
  •  

काठमाडौँ, २८ मंसिर (ओएनएस) : नयाँ सरकारले सवैभन्दा पहिला मन्त्रालय मर्ज गर्ने भएको छ । प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्री सहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद हुने भएको र प्रदेशमा समेत सरकार हुने भएकाले केन्द्रमा मन्त्रालय मर्ज हुन लागेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालय मर्ज गर्ने जिम्मेवारी नयाँ सरकारलाई छाड्ने भएका छन् । मन्त्रालय एक–अर्कामा मर्ज गर्ने विषय नयाँ सरकार गठनपछि कार्यान्वयन हुने भएकाले त्यसबारे कुनै निर्णय नहुने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताए । अहिले ३० मन्त्रालय छन् भने ६४ सदस्यीय मन्त्रिपरिषद् छ ।

यी हुन् प्रस्तावित मन्त्रालय
१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२. अर्थ तथा योजना मन्त्रालय
३. रक्षा मन्त्रालय
४. जलस्रोत तथा ऊर्जा मन्त्रालय
५. उद्योग, वाणिज्य, आपूर्ति तथा श्रम मन्त्रालय
६. कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
७. कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालय
८. गृह मन्त्रालय
९. परराष्ट्र मन्त्रालय
१०. वन, विज्ञान तथा वातावरण मन्त्रालय
११. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
१२. महिला, सामाजिक न्याय तथा संघीय मामिला
१३. शिक्षा तथा सञ्चार मन्त्रालय
१४. पर्यटन, नागरिक उड्डयन तथा खेलकुद
१५. स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


  •  
  •  
  •