सिंहदरबार भत्काउन ‘प्रतिवेदन’

99
  •  
  •  
  •  

काठमाडौँ, १४ पुस ।
गतवर्षको महाभूकम्पका कारण धराशायी बनेको सिंहदरबारभित्रका मुख्य भवनसहित उपत्यकाका झन्डै दर्जन विशेष महत्त्वका सम्पदाजन्य दरबार तत्काल भत्काउन सहरी विकास मन्त्रालयले सुझाव प्रतिवेदन तयार पारेको छ । ती भवन सबलीकरण ‘रेट्रोफिटिङ’ गर्न समेत असम्भव रहेको भन्दै भत्काउनुपर्ने सुझाव दिइएको हो ।

मन्त्रालयले खटाएको संरचना प्राविधिक स्ट्रक्चरल इन्जिनियर को समूहले दिएको सुझाव प्रतिवेदनका आधारमा ऐतिहासिक महत्त्वका सम्पदा भत्काएर ‘उस्तै गरी बनाउने’ निष्कर्ष अघि सारिएको छ । मन्त्रालयका प्रवक्ता एवं केन्द्रीय आयोजना कार्यान्वयन इकाईका निर्देशक शिवहरि शर्माले प्राविधिकले दिएको प्रतिवेदनलाई अहिले ‘थप रायसुझाव र निर्णय’का लागि पुरातत्त्व विभागमा पठाइएको बताए ।
कान्तिपुर दैनिकबाट


  •  
  •  
  •