गायक राजेश पायलको ‘समय’ सार्वजनिक (अडियोसहित)

414
  •  
  •  
  •  

१२ बैशाख : गायक राजेश पायल राईको ‘समय’ बोलको गीत सार्वजानिक भएको छ ।

दर्शकमाझ धेरै रुचाइएका गायक राईको ‘समय’ बोलको गीत बजारमा अाएपछि उक्तले बजार पाउन थालेकाेछ । सार्वजनिक गीतलाई अफिसियल लिरिकल भिडियो बनाई सार्वजनिक गरिएको हो ।

‘समय’ बोलको गीतलाई चर्चित संगीतकार तथा निर्देशक राकेश किरातीले संगीत भरेका छन् भने प्रेमचन्द्र राईको शब्द रहेको छ । यस गीतलाई चन्दु गोर्खालीले एरेञ्ज गरेका छन् । लिरिकल भिडियोलाई बुद्ध थापा मगरले बनाएका हुन् ।

यस गीतको चाँडै म्युजिक भिडियो पनि निर्माण गरिने संगीतकार राकेश किरातीले जानकारी दिएका छन्। ‘समय’ बोलको गीतलाई विशाल चौतारी मिडिया प्रालिको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।


  •  
  •  
  •