छोटो लुगाले बनायो सबितालाई नक्कली… (भिडियोसहित)

402
  •  
  •  
  •  

sabita pariyar
काठमाडौं, २६ साउन (ओएनएस) : पछिल्लो समय व्यस्त हुन थालेकी लोकदोहोरी गायिका सबिता परियारले ‘मलाई नक्कली भइछ नभन…’ बोलको तीज गीत बजारमा ल्याएकी छन् ।

गीतमा सबितालाई गायक प्रकाश कटुवालको स्वरमा साथ दिएका छन् । उनले नेपालमा बदलिँदै गएको सामाजिक परिवेशलाई गीतमा समेट्ने प्रयास गरेकी छन् ।

सबिताले यसअघिका वर्षझैँ यस वर्ष पनि आफनो गीतलाई दर्शक/स्रोताले मन पराउने विश्वास गरेको बताएकी छन् ।

एक दर्जन बढी लोकदोहोरी गीतमा स्वर दिइसकेकी गायिका सविता अहिले देश तथा बिदेशका साँगीतिक कार्यक्रमहरुमा समेत व्यस्त हुन थालेकी छन् ।

हेर्नुहाेस् भिडियो…


  •  
  •  
  •