गायिका रेखा शाह श्रीमानसहित पक्राउ

428
  •  
  •  
  •  

rakha-shahकाठमाडौँ, २७ पुस(ओएनएस) : गायिका रेखा शाहलाई प्रहरीले ठगीको आरोपमा पक्राउ गरेको छ । ‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौँ की जिन्दगानीमा’ बोलको गीत गाएर चर्चित बनेकी गायीका तथा मोडेल रेखा शाहलाई उनका श्रीमान् इन्द्र गुरूङहित आइतबार बेलुकी पक्राउ गरेको हो ।

गायीका शाहले क्यासिनोमा जुवा खेल्नका लागि सन्दिपराज काफ्लेलाई पैसा लगानी गरेको प्रहरीको भनाई छ । उनले काफ्लेलाई १० लाख पैसा मिटरब्याजीका हिसाबले दिएको र ७० लाखको कागज बनाएको प्रहरीले जनाएको छ ।

तर, ती व्यक्तिले रकम फिर्ता नदिएपछि उनले ती काफ्ले थरका व्यक्तिको बुवालाई धम्क्याउने र थर्काउने गरेको भन्दै प्रहरीमा उजुरी परेपछि अनुसन्धानका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालयले कार्यालयमा नै बोलाएर नियन्त्रणमा लिएको बताइएको छ ।

के हो मिटरब्याजी ?
पैसा सापटी दिँदा १ दिनका लागि भनेर मोटो ब्याजमा पैसा दिने कामलाई मिटरब्याजी भनिन्छ । १ लाख पैसा दिँदा दिनमा करिब १० हजारदेखी ३० हजारसम्म लिइने हुँदा यसलाई मिटरब्याजी भनिएको हो ।


  •  
  •  
  •