काठमाडौं, २६ जेठ (ओएनएस) : ‘ओराली लागेको हरिणको चाल भो, बाचुन्जेल सम्म पनि मरेकै हाल भो’, यो गित गाउदा गायक रामकृष्ण ढकालले जीवनमै सबैभन्दा बढि वाहावाही पाए । जीवनको यर्थाथलाई नारायण गोपालको स्वरलाई सम्झाउने गरी यो गित गाएपछि, विरलै संगितप्रेमी थिए होलान्, जसले रामकृण्णलाई नचिनेको होस् ।
हाल बर्षै पछि उनको बास्तविक जीवन यही गितको भाती ओराली लागेको प्रतिक भइरहेको छ । लालीगँुरास शहकारी मार्फत ‘लोन’ निकालेका ढकालले समयमै पैसा भुक्तानी नगरेपछि सार्वजनिक रुपमै घर लिलामी गर्ने वक्तव्य जारी गरेको छ । एक पत्रिकामा प्रकाशित ‘कर चुक्ता गर्न आउने बारेको १५ दिने अत्यन्त जरुरी सूचना’ शिर्षकको सूचनाले उनको लोन मामिला सार्वजनिक गरेको हो ।
ढकाल दम्पतीको तिन पुस्ता खुल्नेगरी छापिएको सूचनाले संचारमाध्यममा व्यापक स्थान पाइरहेको छ । यसबारेमा जान्न खोज्दा ढकाल सम्पर्कमा आउन चाहेनन् । विगत लामो समयदेखि साङगितीक क्षेत्रमा उनको सक्रियता घटेको थियो ।