१६ घण्टापछि बन्धक मुक्त गर्दा ३ जना मारिए (तस्बिरसहित)

216
  •  
  •  
  •  

अस्ट्रेलियाको सिड्नी सहरको एक क्याफेमा बन्दुकधारीले बन्धक बनाएका ४० बढी मानिसलाई प्रहरीले मुक्त गरेको छ । एक बन्दुकधारीले बन्धक बनाएका नागरिक छुटाउने क्रममा भएको गोली हानाहानमा तीनजनाको ज्यान गएको छ ।
बन्धक नागरिक मुक्त गराउने क्रममा एकजना बन्दुकधारी र एकजना बन्धक नागरिकको ज्यान गएको अस्ट्रेलियन प्रहरीले पुष्टि गरेको हो । १६ घण्टासम्म चलेको अप्रेसनका क्रममा प्रहरीले बन्दुकधारीसँग वार्ता पनि प्रयास गरेको थियो । वार्ताको प्रयास असफल भएपछि प्रहरीले क्याफेमा कारबाही थालेको थियो ।
क्याफेमा भएको बन्धक प्रकरणलाई कारबाहीबाट टुंग्याएको घोषणा गरेपनि सो प्रकरणमा संलग्न मानिसको विस्तृत विवरण प्रहरीले खुलाएको छैन ।
कारबाहीका क्रममा ७ जना नागरिक घाइते भएका बताइएको छ । प्रहरीले क्याफेभित्र छिरेर कारबाही थालेको थियो । कारबाही थालेपछि घाइते भएका केही नागरिकलाई स्वास्थ्यकर्मीले तत्कालै उद्धार गरी अस्पताल लगेका थिए ।
प्रहरीले १६ घण्टासम्म सबैलाई सकुशल उद्धार गर्ने कोशिस असफल भएपछि कारबाही थालेको थियो । बन्धक बनाइएका मध्ये ५ जना नागरिक बन्दुकधारीको आँखा छलेर बाहिर निस्कन सफल भएका थिए ।
नागरिक बन्धक बनाउने काममा इरानी मूलका नागरिक मन हारुन मोनिस संलग्न भएको पुष्टि अस्ट्रेलियन प्रहरीले गरेको छ । प्रहरी क्याफेमा छिरेपछि उनी बाहिर निस्कने कोशिसमा थिए । प्रहरी कारबाहीमा उनी मारिएका छन् ।
अस्ट्रेलियन प्रहरीका अनुसार इरानी मूलका हारुन मोनिस राजनीतिक शरण लिएर अस्ट्रेलियामा बस्दै आएका थिए । मोनिसका पूर्ववकीलले उनी कुनै पनि आतंकवादी संगठनमा संलग्न नभई एक्लै सक्रिय थिए ।
४९ वर्षीय मोनिसविरुद्ध अनेकौ हिंस्रक घटनाका लागि अस्ट्रेलियामा मुद्धा चलिरहेको छ । उनले पूर्वपत्नीको हत्या गरेको अभियोग पनि लागेको थियो । त्यसैगरी यौनजन्य केशमा पनि उनले मुद्धा भोगिरहेका थिए ।
अनेकौँ मुद्धा चलिरहेपनि उनलाई जमानतमा रिहा गरिएको थियो । मोनिसविरुद्ध सैनिक सेवामा अफगानिस्तानमा रहने क्रममा मारिएका एक अष्ट्रेलियन सैनिकका बाबुलाई गाली गरेर पत्र पठाएको आरोप पनि लागेको थियो

४० बढी नागरिक बन्धक बनाउने इरानी मूलका नागरिक मन हारुन मोनिस। प्रहरी कारबाहीमा उनी पनि मारिए

 


  •  
  •  
  •