यातायातको सिण्डिकेटलाई सघाएको भन्दै प्रधानमन्त्रीसहित १२ जनाबिरुद्ध सर्वाेच्चमा मुद्दा

522
  •  
  •  
  •  

supreme-court-nepalकाठमाडौं, २८ मंसिर (ओएनएस) : यातायातमा भएको सिण्डिकेटबिरुद्ध उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योती बानियाले सर्बाेच्च अदालतमा आइतबार मुद्दा दायर गरेका छन् ।

सर्बाेच्च अदालतले २०६७ साल माघ १९ गते सिण्डीकेट खारेज गर्न दिएको आदेशको कार्यान्वयन नभएकाले जाँचबुझ आयोग ऐन २०२६ अन्तर्गत जाँचबुझ आयोग गठन गर्नको लागि मद्दा दायर गरिएको महासचिव बानियाले ओएनएसलाई बताए ।

बानियाका अनुसार उक्त फैसलाको कार्यान्वयन नगराएर सर्वाेच्चको मानहानि गरेको भन्दै प्रधानमन्त्री सुशील कोइरालासहित, यातायात सचिव, यातायात ब्यवसायी महासंघ लगायत १२ जनाबिरुद्ध मानहानीको मुद्दा दायर गरिएको छ । ‘यसअघिको फैसला कार्यान्वयन गर्नको लागि जाँचबुझ आयोग गठन गर्नको लागिको मुद्दा हालेका हौ । ’ महासचिव बानियाले भने ।

जाँचबुझ ऐन अनुसार कुनै फैसलाको कार्यान्वयन नभएमा सर्वाेच्च वा पुनरावेदन अदालतको न्यायधिसको नेतृत्वमा जाँचबुझ आयोग गठन हुन्छ । उक्त आयोगले दिएको प्रतिवेदनको आधारमा सर्वाेच्च र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले अनुगमन गर्नेछ ।

महासचिव बाँनियाले साझा बसका अध्यक्ष कनकमणी दिक्षितबिरुद्ध पनि सिण्डिकेटलाई सघाएको भन्दै मुद्दा दायर गरेका छन् । साझा बसले अनुमति लिएका रुटमा बस नचलाउनु र साझा बसले अन्यलाई चलाउन नदिनुले सिण्डिकेटलाई सहयोग गरेको बानियाले बताए ।

‘साझा बसले अहिले केही रुटमा मात्र बस चलाएको छ, उसले देशका बिभिन्न भागमा रुट पर्मिट लिएर राखेको छ, अरुलाई त्यस रुटमा चलाउन दिन्न पनि भनिरहेको छ, यो सिण्डिकेटलाई सहयोग गर्ने काम भयो । ’ बानियाले भने ।


  •  
  •  
  •