सरकार विरुद्ध यातायात व्यवसायीद्धारा अान्दाेलनकाे घाेषणा

यस्ताे छ अान्दाेलनकाे तालिका
241
  •  
  •  
  •  

काठमाडाैँ, ५ बैशाख (अाेएनएस) : सिण्डिकेट हटाउने सरकारकाे निर्णय विरुद्ध यातायात व्यवसायी अान्दाेलनकाे घाेषणा गरेका छन्।

सरकारले सिण्डिकेट अन्त्य गर्ने गरी गरेको निर्णय अाफुहरुलार्इ मान्य नहुने भन्दै यातायात व्यवसायीहरुले यातायात बन्द गर्ने सहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरका छन् ।

व्यवसायीहरुले राजधानीमा पत्रकार सम्मेलन गर्दै सरकारले माग पुरा नगरे २७ गतेपछि सवारी साधन ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

मंगलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यातायात समितिको दर्ता नविकरण नगर्ने निर्णय गरेपछि त्यसको विरोधस्वरूप नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाइमा सम्पूर्ण यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो ।

यस्ताे छ अान्दाेलनका कार्यक्रम

वैशाख ७ गते प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

वैशाख ८ गतेदेखि सवारी साधनमा कालोझण्डा राख्ने

वैशाख १० तथा ११ गते प्रत्येक प्रदेशमा कोणसभा गर्ने

वैशाख १२ र १३ गते तालिका फ्रि छाड्ने तथा

१४ र १५ गते क्यू फ्रि छाड्ने

वैशाख १६ गते यातायात कार्यालय घेराउ गर्ने

सरकारले आफ्ना मागको सुनुवाई नगरे वैशाख २८ गतेपछि थप आन्दोलनका कार्यक्रम अघि बढाउने व्यवसायीको घोषणा छ ।


  •  
  •  
  •