सिन्डिकेट जोगाउन सरकार विरुद्ध चरणबद्ध आन्दोलनको तयारीमा यातायात व्यवसायी

325
  •  
  •  
  •  

 

काठमाडौं, २७ चैत (अाेएनएस) : यातायात व्यवसायी सिन्डिकेट जोगाउन सरकार विरुद्ध चरणबद्ध आन्दोलनको तयारी गर्न लागेकाे छ। सरकारले देशभरीका सडकमा रुट परमिट खुला गरेपछि यातायात व्यवसायी सरकारकाे याे कदम विरुद्ध आन्दोलन गर्ने तयारी गर्न लागेका छन्।

सरकार विरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम १/२ दिनमै सार्वजनिक गरिने यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए। अध्यक्ष कर्माचार्यले भने,’सोमबार बसेको नेपाल यातायात व्यवसायी महासंघको केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलन गर्ने निर्णय गरेको छ।’

सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका संशोधन गरी रुट परमिटका लागि यातायात समितिको सिफारिस नचाहिने र कम्पनी दर्ता अनिवार्य गरेपछि यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिन लागेका हुन्। सडकमा एकाधिकार तोडिएपछि उनीहरुले आन्दोलन गर्न लागेका हुन्।

सरकारले नियमानुसार कडा रुपमा प्रस्तुत भएपछि यातायात व्यवसायीहरुले देशैभरी यातायात ठप्प बनाएर आन्दोलन गर्ने धम्की दिदै आएका छन्।


  •  
  •  
  •