सिन्धुपाल्चोकमा मृत्यु हुनेको संख्या १७ पुग्यो

216
  •  
  •  
  •  

काठमाडौँ, १९ साउन (ओएनएस) : सिन्धुपाल्चोकको माङ्खा र राम्चेमा गएको पहिरोमा परिएर मृत्यु हुनेको संख्या १७ पुगको छ । आइतबारसम्म १३ जनाको शव फेला परेकोमा सोमबार बिहान थप ४ वटा शव पहिरोबाट निकालिएको छ ।

सोमबार बिहानैबाट उद्धार कार्य जारी राखिएको छ । अहिले २ वटा डोजर प्रयोग गरेर पहिरो खोतल्ने काम भइरहेको छ । शनिबार बिहानै आएको पहिरोमा अझै करिब १ सय ४० जना वेपत्ता भएका छन्. । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीले उद्धार कार्य गरिरहेको छ ।

यस्तै पहिरोबाट थुनिएको सुनकोसी आफ्नो आकारमा बगिरहेको छ । तर, ताल सतह भने त्यति नघटेको जनाइएको छ । अझै पनि तालबाट हुन सक्ने जोखिमको खतरा भने पूर्णरुपमा टरिसकेको छैन । यसैबीच सो पहिरोमा एक विद्यालय पनि पुरिएको जनाइएको छ । पहिरोले माङ्खा गाविसको वनसाँखु माध्यमिक विद्यालय बगाएको सो जिल्लाका जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतमले बताए ।

यसैबीच पहिरोले गाउँ बगाएको र सुनकोसी नदी थुनेका कारण यही साउन २० गतेदेखि सञ्चालन हुने प्रवेशिका पूरक परीक्षाका लागि थप एक परीक्षा केन्द्र तय गरिएको छ ।


  •  
  •  
  •