काठमाडौं, १८ साउन (ओएनएस) : शनिबार सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमा परेकाहरुको आइतबार बिहानैबाट उद्धार कार्य सुरु गरिएको छ । नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरीले उद्धार कार्य जारी राखेको हो ।
पहिरोले थुनिएको सुनकोसी आइतबारबाट खुलेको छ । नदीले पहिरो जानुपूर्वको आकार लिएको जनाएको छ । तर, पहिरोले बनेको तालको तसह पनि घट्दै गएको जनाइएको छ । यद्यपी अँझै खतरा कायम रहेको छ । सुरक्षाकर्मीले आइतबार बिहानैदेखि पानीको प्रवाह नियमित गराउने र डुबेका घरबाट शवहरु खोज्ने प्रयास अघि बढाइएको बताएका छन् ।
पहिरो झरेको ठाउँपट्टबिाट पानी बग्न थालेपछि यसअघिको आकारमा नदीको बहाब शुरु भए पनि थुनिएको नदी यथावत नै रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयले जनाएको छ । भत्तापट्टीबाट पानी बग्न थाले पनि यसअघि नदी बग्ने गरेको स्थानमा पहिरोले बनाएको पहाड यथावत रहेको छ ।
‘