यात्रुवाहक बसमा करेन्ट प्रवाह हुँदा ४ को मृत्यु

224
  •  
  •  
  •  

sindhupalchok_district सिन्धुपाल्चोक, ६ पुस (ओएनएस) : सिन्धुपाल्चोकमा गुडिरहेको एक यात्रुवाहक बसभित्र करेन्ट प्रवाह हुँदा चार जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट कात्तिकेलागि छुटेको बस बराम्चीमा दुर्घटना भएको हो । जलवीरे यातायतको बा २ ख २७०२ को यात्रुबासमा हाइटेन्सनको लत्रेको हाइटेन्सन तारको करेन्ट प्रवाह भएको थियो ।

करेन्ट लागेर मृमृत्यु हुनेमा गोल्ठे–४ का रेखबहादुर स्याम्बो, गुम्बा–६ का विकास तामाङ, बतासे–३ का मनमाया भुजेल र पाङटाङ–८ का सविना स्याम्बो रहेको प्रहरीले जनाएको छ।  घटनामा परि २९ जना गम्भीर घाइते बनेका छन् । उनीहरुलाई उपचारका लागि अपस्ताल लगिएको छ ।


  •  
  •  
  •