सिन्धुपाल्चोक फुल्पिङकट्टीमा पहिरो, एक जनाको मृत्यु, चार जना बेपत्ता

228
  •  
  •  
  •  

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ फुल्पिङकट्टीमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ । सोही पहिरोमा चार जना बेपत्ता भएका छन् ।

बुधबार राति आएको पहिरोले दुई घरमा क्षति गर्दा एक घर पुर्णरुपमा क्षति भएको छ भने एउटा घर आंशिक रुपमा क्षति भएको छ ।

पूर्ण रुपमा क्षति भएको घरका पाँचजना महिलालार्ई पहिरोले लगेको हो । बेपता हुनेहरुमा वर्ष ८४ का सोम बुटि शेर्पा, वर्ष १६ का यान्जी शेर्पा वर्ष, वर्ष १२ का छिरिङ शेर्पा, ४८ वर्षका सोम शाङ शेर्पा रहेका छन् ।

एकजना वर्ष ३५ की साङबु शेर्पाको शव भेटिएको प्रहरीले नाएको छ ।
पहिरोले गर्दा एक विद्यालयमा पनि क्षति पुगेको छ । सेती देवी पञ्चकन्या आधारभूत विद्यालयको कम्पाण्डमा क्षति पुगेको छ ।

पहिरोमा परेर ६० जना विस्थापित भएका छन् । बेपत्ताहरुको खोजी भइरहेको जनाइएको छ ।


  •  
  •  
  •