सिन्धुपाल्चोकमा बाढीले बस्ती नै बगाउँदा दुई जनाको मृत्यु, २२ बेपत्ता

51
  •  
  •  
  •  

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशीमा बाढीले बस्ती नै बगाउँदा २२ जना बेपत्ता भएका छन् ।

बाह्रबिसे नगरपालिका ३ जम्बु बजारमा खहरे खोलामा आएको बाढीले १८ जना बेपत्ता भएका हुन् । त्यहाँ दुई जनाको शव समेत भेटिएको छ ।

२०/२२ वटा घरमध्ये ३/४ वटाबाहेक अरु पहिरोले बगाएकाे छ । बाढीले पक्की पुलसमेत बगाउँदा जुरे, बाह्रबिसे लगायतका क्षेत्रमा सडक अवरुद्ध भएको छ ।

यस्तै भोटेकोशी गाउँपालिकामा चार जना बेपत्ता भएका छन् । बर्कुटे भन्ने ठाउँमा स्थानीय खहरे खोलामा बाढी आउँदा दुईवटा घर बगाएको गाउँपालिकाले जनाएको छ । त्यहाँ दुई जना बालबालिका घाइते भएका छन् ।

घाइतेको उद्धार गरिएको छ भने पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि सेना र प्रहरी परिचालन गरिएको छ ।


  •  
  •  
  •