सिमराको आन्दोलन स्थगित, प्रधानमन्त्री कार्यालयमा डेलिगेशन जाने

131
  •  
  •  
  •  

काठमाडौं, १२ फागुन (ओएनएस)  :  बाराको सिमरामा सेवाकेन्द्र स्थापना माग गर्दै १० देखि जारी आन्दोलन स्थगित भएको छ ।’

‘सिमरा मालपोत स्थपना सरोकार’ समितिले विज्ञप्ति जारी गर्दै आन्दोलन स्थगित भएको जनाएको हो । आन्दोलनको नेतृत्वको गरेको समितिले सरकारसँग वार्ताको लागि जारी आन्दोलन स्थगित गरेको जनाएको छ ।

समितिले मंगलबार प्रधानमन्त्री कार्यालयमा डेलिगेशन जाने बताउँदै जारी हड्ताल स्थगित गरेको हो । आन्दोलन स्थगित भएपछि दश दिनदेखि बन्द पूर्वपश्चिम राजमार्गमा सवारी साधन चल्न थालेका छन् भने नीजि तथा सरकारी कार्यालय खुलेका छन् ।

यसअघि आन्दोलितले चर्काे रुप लिदा स्थानीय र प्रहरीबीचको झडप नियन्त्रण बाहिर जाने थालेपछि बारा प्रशासनले सिमराका विभिन्न स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

यसअघि बाराको कलैयामा मालपोत र भूमिसुधार कार्यालय सार्ने सरकारको निर्णयको विरोध भएको थियो । विरोधपछि सरकारले मालपोत र भूमिसुधार कार्यालय सार्ने निर्णय फिर्ता लिएको थियो ।


  •  
  •  
  •