सीमास्तम्भका लेउ र घाँस पन्छाउँदै प्रहरी

230
  •  
  •  
  •  

पशुपतिनगर, २२ कात्तिक(ओएनएस) : इलाका प्रहरी कार्यालय पशुपतिनगर, इलामले शनिबार १९ ओटा सीमा स्तम्भ जाँच, सरसफाइ तथा रंगरोगन  गरेको छ ।

सीमा स्तम्भ जाँचको पाँचौ चरण अन्तर्गत पशुपतिनगरको गोलिटारदेखि चार माइलसम्मका स्तम्भको जाँच गरिएको इलाका प्रहरी प्रमुख निरीक्षक ईश्वर थापाले जानकारी दिए ।

DSC01422नेपाल भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरु जाँचका लागि निरीक्षक थापाको कमाण्डमा १० जना नेपाल प्रहरी खटेका थिए ।

त्यस्तै भारतीय  सीमा सुरक्षा बल बी कम्पनीका प्रमुख श्रीकान्त नायकको कमाण्डमा सुरक्षाकर्मीहरु परिचालित थिए । साथै  स्थानीय समाजसेवीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमअन्तर्गत स्तम्भ वरपरका घाँस पन्छाउने, सीमा स्तम्भमा रहेका लेऊहरु हटाउने , स्तम्भमा सेतो रंग लगाउने र संकेत नम्बर लेख्ने कार्य गरिएको  थियो ।

श्रीअन्तु–७ मेची खोला सिरानस्थित छब्बिसेबाट गोर्खे–४ लामीधुरासम्म जम्मा ६७ वटा स्तम्भ सरसफाइ तथा रंगरोगन गरिएको थापाले जानकारी दिए । DSC01453


  •  
  •  
  •