गृहमन्त्री भन्छन्, ‘छिमेकीको अतिक्रमणकारी चिन्तनले सीमा समस्या देखियाे’

90
  •  
  •  
  •  

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले छिमेकीको अतिक्रमणकारी नीति र चिन्तनले सीमा समस्या देखिएको बताएका छन् ।

फाइल तस्बिर

बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले  छिमेकीले  कहिले पिलर फालिदिने, कहिले नेपालभित्र ल्याएर गाडिदिने जस्तो व्यवहारका कारण सीमा समस्या देखिएको उनकाे भनाइ छ ।

उनले भने,‘सीमा विवाद आउनुमा हाम्रा छिमेकीहरुको अतिक्रमणकारी नीति र चिन्तन पनि यसको कारण छ । पिलरहरु खनेर फपालिदिने, त्यसलाई नेपालभित्र ल्याएर गाडिदिने यस्ता अतिक्रमणकारी नीति सीमा समस्याका पछाडिका कारण देखिन्छ ।’
स्ट्रिप नक्सा बनाउँदा दुई देशको भूमि यताउता परेको थापाको भनाइ छ । यसलाई कूटनीतिक तवरबाट समाधान खोजिनुपर्ने उनले बताए ।

सीमा विवाद दुई पक्षबीचको समस्या भन्दै मन्त्री थापाले कुटनीतिक माध्यमबाट समाधानका लागि परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने बताए ।

नेपाली भूभागको र सीमाको रक्षा गर्ने जिम्मा गृह मन्त्रालयको भएकाले यसमा विशेष पहल गर्ने उनको भनाइ छ ।


  •  
  •  
  •