सिमानाकामा लगाएको प्रतिबन्ध एक महिना थप(मन्त्रिपरिषद् बैठकका निर्णयसहित)

65
  •  
  •  
  •  

काठमाडौं । सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै सिमानाकामा लगाएको प्रतिबन्ध एक महिना थप गरेको छ । योसँगै मंसिर ३० गतेसम्म सिमानाका बन्द हुने भएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्‍चारमन्त्री पार्वत गुरुङले सो जानकारी गराएका हुन् ।

सरकारले यसअघि कात्तिक ३० गतेसम्म सिमानाकामा प्रतिबन्ध लगाएको थियो । कोरोना महामारीका कारण चैत ११ यता नेपालका सबै स्थल नाकाबाट नेपालीबाहेकलाई प्रवेशमा रोक लगाइएको थियो ।
यसैबीच सरकारले नेपालमा रासयनिक मल उद्योग स्थापना गर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीले रासायनिक मल काराखाना खोल्नेबारे प्रस्ताव गरेपछि त्यसका लागि समिति गठन गरिएको हो ।

प्रवक्ता गुरुङले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको जानकारी दिए । समितिमा उद्योगमन्त्री कृषि तथा पशुपंक्षी मन्त्री सदस्य रहेका छन् ।
समितिले उद्योग स्थापनाबारे निकट भविष्यमै कसरी लगानी गर्ने र कस्तो संरचना गर्ने भन्‍नेबारे सम्भाव्यता अध्ययन गर्ने पनि उनले बताए ।

हेर्नुहोस् मन्त्रिपरिषद् बैठकका निर्णयहरु


  •  
  •  
  •