नेपाल भारत सीमा बन्द

265
  •  
  •  
  •  

 

वीरगन्ज, १९ मंसिर (ओएनएस) :  मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी नेपाल–भारत सीमा नाका बन्द गरिएको छ । निर्वाचनलाई दृष्टिगत गरी बारा, पर्सा, रौतहटलगायत जिल्लाका नेपाल–भारत सीमानाका ७२ घण्टाका लागि बन्द गरिएको हो ।

सोमबार राति १२ बजेदेखि बन्द भएको सीमा नाका मंसिर २१ गते राति १२ बजेपछि खुल्ने सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जानकारी दिएका छन् । निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्न सीमापारिबाट हुने आपराधिक गतिधि नियन्त्रण गर्न सीमा बन्द गरिएको हो ।

नाका बन्द भएको बेला आपतकालिन बाहेक आवतजावत गर्न पाइनेछैन ।


  •  
  •  
  •