एसिड आक्रमणमा परेका दुवै किशोरी एसएलसीमा असफल

207
  •  
  •  
  •  

काठमाडौ, ४ असार(ओएनएस)  : गत फागुन दश गते एसिड आक्रमणमा परेकी स‌ंगीता मगर र  सीमा बस्नेत यस वर्षको एसएलसी परीक्षामा असफल भएका छन् ।

विनाकारण शरिरमा एसिड प्रहारपछि सीमाले एसएलसी पास गरी राजनीतीमा  लाग्ने इच्छा देखाएकी थिइन् । तर उनको इच्छा यो साल पूरा नहुने भएको छ । एसिड आक्रमणमा परेर गंभिर घाइते भएकी  संगिताले केएमसी अस्पतालबाटै परिक्षा दिएकी थिइन् भने सीमा बस्नेतले वीर अस्पतालबाटै एसएलसी दिएकी छिन् ।  एसएलसीको तयारी लागि ट्यूसन पढिरहेको बेला उनीहरुलाई जीवन विकले एसिड प्रहार गरेका थिए

 मन्त्रिपरिषदको बैठकले संगीता र सीमालाई अस्पतालको शैयाबाटै एसएलसी परीक्षा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएपछि उनीहरुले अस्‍पतालबाटै एसएलसी दिएका थिए ।

विर अस्पतालको भिआइपि क्याविनमा एसिडपिडित सिमा बस्नेत एसएलसि परिक्षा दिदैं ।
फाइल फोटो : वीर अस्पतालको भिआइपी क्याविनमा एसिड पीडित सीमा बस्नेत एसएलसी परीक्षा दिदैं ।
slc
फाइल फोटो : स‌ंगीता मगर केएमसी अस्पतालबाट एसएलसी दिँदै

यता नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यकी पत्नी सुष्मा वैद्यको  पनि एसएलसी पास गर्ने धोको पूरा हुन पाएन । ६८  वर्षिया वैद्य  सामाखुसीको एक परिक्षा केन्द्रबाट एसएलसी दिएकी छिन् ।

slc by susma vaidhya
फाइल फोटो : एसएलसी दिँदै सुष्मा बैद्य

  •  
  •  
  •