यो कस्तो काइदा : कैदीलाई गोलभेडाभित्र सिमकार्ड

543
  •  
  •  
  •  

sim cardकाठमाडौँ, ६ असार : काठमाडौंका एक व्यक्तिले जेलभित्र रहेका थुनुवालाई गोलभेडा भित्र राखेर मोबाइलको सिमकार्ड राखेर पठाउने प्रयास गरेका छन्।

गौशाला बस्ने १७ बर्षीय निमेश कपालीले नाइजेरियन नागरिकलाई गोलभेडाभित्र सिमकार्ड राखि पठाउन खोजेका थिए।

लागू औषध मुद्धामा केन्द्रीय कारागार अन्तर्गत भद्रगोल जेलमा थुनुवामा रहेका नाईजेरियन नागरिकलाई भेटन आएका कपालीले शनिबार गोलभेडा काटी नमस्तेको सिमकार्ड राखेर भित्र पठाउन खोजेका थिए ।

तर कपालीको प्रयास भने सफल हुन सकेन ।  उनले गोलभेडामा राखेर सीमकार्ड पठाउन लागेको अवस्थामा डिउटीमा रहेका प्रहरीले चेकजाँच गर्दा फेला पारेका थिए ।  कपालीलाई प्रहरीले पक्राउ गरि   आवश्यक अनुसन्धान गरिरहेको छ ।


  •  
  •  
  •