काठमाडौं, १४ साउन (ओएनएस) :पश्चिम तराईका थारु समुदायमा लाग्ने सिक्कल सेल एनिमिया रोग नियन्त्रणको उपाय अपनाउने बारे व्यबस्थापिका संसदमा छलफल भएको छ । सभासद् गोपाल दहितले पेश गरेकोे जरुरी सार्बजानिक महत्वको प्रस्ताव माथि सदनमा छलफल भएको हो ।
प्रस्ताव पेशगर्दै सभासद् दहितले कुल जनसंख्याको ३० प्रतिसत थारुमा रहेको रोगको संक्रमण देखिएपनि यसको निधानतर्फ सरकार गम्भीर नदेखिएको बताए । उनले सिक्कल सेल एनिमियाले थारु समुदायको नरसंहार हुने खतरा बढेको बताए ।
एउटा समुदायको अस्थित्व नै संकटमा परेको बिषयतर्फ सरकार गम्भीर नभएको भन्दै सभासद्हरुले सरकारको ध्यानाकर्षण गराएका थिए । थारु समुदायमा मात्र लाग्ने सिक्कल सेल एनिमियालाइ विज्ञहरुले एड्स भन्दा घातक रोगको प्रतिक्रिर्या दिएका छन् ।
सिक्कल सेल एनिमिया भएको विरामीमा शरीरबाट रगत सुक्ने, जन्डीस हुने, शरीर दुख्ने, ज्वरो आउने जस्ता संक्रमण देखिएको छ ।
यस रोगको अहिले सम्म उपचार पत्ता लाग्न सकेको छैन् ।