इबोला संकटः सियरा लियोनमा ३ दिन लकडाउन, २५ लाख घरभित्र

164
  •  
  •  
  •  

ebola-virusकाठमाडौ, ६ चैत(एजेन्सी) : इबोला भाइरस फैलनबाट रोक्नका लागि दक्षिण अफ्रिकी देश सियरा लियोनले बिहिबार तीन दिनका लागि लकडाउनको घोषणा गरेको छ ।

घोषणापछि देशको राजधानी र उत्तरी क्षेत्रमा बस्दै आएका सबै जनतामा लागू हुनेछ । त्यहाँका लगभग २५ लाख मानिसहरू तिन दिनसम्म घरभित्र नै बस्नुपर्ने भएको छ । यसभन्दा अगाडि सन् २०१४ को सेप्टेम्बरमा यस्तै गरिएको थियो ।

देशको नेशनल इबोला रिस्पोन्स सेन्टरका प्रमुख पालो कन्टेहले भने, ‘यो लकडाउन २७ देखी २९ मार्चसम्म लागू हुनेछ ।’ गत वर्ष सियरा लियोन, लाइबेरिया र गुयानामा इबोलाबाट कम्तिमा १० हजार मानिसको मृत्यु भएको थियो ।

मार्चको सुरूवातमा सियरा लियोनका उपराष्ट्रपति स्यामुअल स्याम सुमानाले इबोलाबाट आप्नो सुरक्षाकर्मीको मृत्यु पछि आफूलाई अरूबाट अलग गरेका थिए । त्यतिबेला उनी २१ दिनका लागि उनी चिकित्सकको निगरानीमा रहेका थिए । उनले भनेका थिए, ‘म पूर्ण रूपमा ठीक छु । कुनै प्रकारको अन्य बिमारी छैन् । तैपनी म आफूलाई अन्यबाट अलग गरिरहेको छु ।’


  •  
  •  
  •