सनराइज बैंक र सिद्धार्थ क्यापिटलबीच सम्झौता

106
  •  
  •  
  •  

काठमाडौं । सनराइज बैंक र सिद्धार्थ क्यापिटलबीच डिबेञ्चर निष्कासनमा सम्झौता भएको छ । सम्झौता अनुसार सिद्धार्थ क्यापिटलाई ‘सनराइज डिबेञ्चर २०८३’ को डिबेञ्चर ट्रस्टी र वितरण प्रबन्धकको र रूपमा नियुक्त गरिएको छ ।

अर्धवार्षिक रूपमा भुत्तानी हुने गरी १०.२५ प्रतिशत वार्षिक व्याजदर रहेको ३ अर्ब रकम बराबरको उक्त डिबेञ्चरको समयावधि सात वर्षको बैंकले जानकारी दिएको छ ।

सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमिल्सिनाले हस्ताक्षर गरेका हुन् ।


  •  
  •  
  •