निशुल्क स्वास्थ्य शिविर सम्पनः आङ खस्ने तथा नाक कान घाँटी

1151
  •  
  •  
  •  

काठमाडौं, २० फागुन (ओएनएस) : गैरआवासीय नेपाली महिला संघ फोरमको आयोजनामा अछाम जिल्लाको मंगलसेनमा छैठौं निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

फोरमले आङ खस्ने तथा नाक कान घाँटीको समास्याले पीडित महिला तथा बालबालिकाहरुलाई लक्षित गर्दै स्वास्थ्य शिविर संचालन गरेको हो । शिविर २ दिन सम्म संचालन गरिएको थियो ।

शिविरमा आङ खस्ने समस्याले पीडित २ सय भन्दा बढी महिलाहरुले जाँच गराएका थिए । त्यस्तै ५ सय भन्दा बढी महिला, पुरुष तथा बालबालिकाहरुले नाक कान घाटी सम्बन्धी चेकअप गराएका थिए ।

ति मध्ये २० जनाको शल्यक्रियाको लागि रेफर गरिएको फोरमकी संयोजक रजनी प्रधानले जानकरी दिइन्।

पाठेघर समस्या भएका महिलाहरुका लागि नवजीवन अस्पातालका चिकित्सिक डा. जयराम केसीका साथै उनीसंग गएको टोलीले स्वास्थ्य परिक्षण गरेका थिए।

त्यस्तै नाक कान घाटीको समस्याले पीडित विरामीहरुलाई विर अस्पताल अस्पतालका नाक कान घाटिका विशेषज्ञ डा. जयन्द्र प्रधानाङ्ग र उनीसँको टोलीले परिक्षण गरेका थिए ।


  •  
  •  
  •