शिविरमा झण्डै एक हजारको स्वास्थ्य परीक्षण

247
  •  
  •  
  •  

रुपन्देही । रुपन्देहीको कपिलवस्तुमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ९ सय ९९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

पटना स्वास्थ्य चौकी वाणगंगाको आयोजना तथा सिद्धबाबा सुपरस्पेसलिष्ट हस्पिटल बुटवलको प्राविधिक र चिकित्सकिय सहयोग एक दिने निःशुल्क स्वास्थ्य आयोजना गरिएको हो ।

शिविरमा एक हजार भन्दा बढीले निःशुल्क सेवा लिएका छन् । विभिन्न कारणले स्वास्थ्य संस्था गएर स्वास्थ्य जाच गराउन नपाएका र स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको हो ।

स्वास्थ्य जाँच गराएका मध्ये सबैभन्दा बढी स्थानीयमा स्वासप्रश्वास सम्बन्धी समस्या देखिएको छ भने अन्यमा फोक्सो, मुटु, उच्च रक्तचाप, सुगर, मिर्गौला, पिसाबमा संक्रमण, रुघाखोकी, उच्च ज्वरो, टाउको दुख्ने नसा सम्बन्धी लगाएतका समस्या देखिएको चिकित्सकहरुले बताएका छन् ।

शिविरमा मिर्गाैला रोग विशेषज्ञ डाक्टर शक्ती बस्नेत, यमनचन्द प्रधान, मुत्ररोग विशेषज्ञ डाक्टर सुवासचन्द चौधरी, पेट छाती तथा मुटुरोग विशेषज्ञ डाक्टर दिनेश गौतम लगाएत ३० जना स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको हो ।

शिविरमा बिरामीको निःशुल्क मुटु सम्बन्धी इसिजी जाँच, ल्याब तथा प्रयोगशाला सेवा, फोक्सोको कम्प्युटर माध्यमद्धारा गरिने पीएफटी जाँचका साथै सबै प्रकारका औषधी निःशुल्क वितरण गरिएको थियो ।
निःशुल्क स्वास्थ्य सेवा पाएपछि स्थानीय खुसी भएका थिए ।

पटना स्वास्थ्य संस्थाका प्रमुख कासीराम रेग्मी, सिअहेव रामप्रसाद भण्डारीले समन्वय गरेका थिए । शिविरमा लियो क्लव अफ बुटवल मणिमुकुन्द युथको सहकार्य रहेको थियो ।


  •  
  •  
  •