हलमा रोएरै श्वेताले दुई घण्टा बिताइन (फोटोफिचर)

124
  •  
  •  
  •  

परिवारसहित फिल्म हेर्न राजधानीको कुमारी हलमा उपस्थित भएकी उनका शुरुदेखि अन्त्यसम्म आँशु बहिरह्यो । असार २३ मा नायक श्रीकृष्णसँग बिहे गरेकी श्वेताले एक महिनापछि उनको साथ गुमाएकी थिईन् । पति वियोगको वेदनामा रहेकी श्वेताले दुवैले अभिनय गरेको अन्तिम फिल्म ‘कोहिनुर’ हेर्न इच्छा गरेपछि सोमबार विशेष शोमार्फत् देखाईएको थियो ।

विशेष शोमा श्वेतासँगै परिवार सदस्य, कलाकार र राजनैतिक नेताहरुको पनि उपस्थिती रहेको थियो । फिल्म हेरेपछि पूर्वप्रधानमन्त्री तथा एमाओवादी नेता डा. बाबुराम भट्टराईले आफुले श्रीकृष्णको श्रद्धान्जलीका लागि फिल्म हेर्न आएको बताए  । फिल्म मन पर्‍यो ।’ डा. भट्टराईले श्वेतालाई निराश नहुन भन्दै ढाडस दिएका थिए । श्वेतालाई समाल्न समाजसेवी मेनुका थापा समेत कुमारी हल पुगेकी थिइन् ।

shweta 3

shweta 2


  •  
  •  
  •