श्रीकृष्णलाई श्वेताको अन्तिम श्रद्धाञ्जली

126
  •  
  •  
  •  

काठमाडौं, ५ भदौं (ओएनएस) : ‘सुनकोशी सुसेलेको दुधकोशीले सुन्छ । यो मनले सुसेलेको कसले सुनिदिन्छ । रुपखोज्ने आँखाहरु धेरै—धेरै आउँछन्, मन खोज्ने मायालुलाई कँहा भेटिएला ? हितैको मायालाई कहिले भेटौला । दिन पनि बास बस्छ रातको छाहारीमा, कोही आई बस्लान् मेरो मनको चौतारीमा ।’
२०६५ मा रिलिज भएको फिल्म ‘कहाँ भेटिएला’ को सबैभन्दा चर्चित गीत हो यो । यो गीत जस्तै बन्यो श्रीकृष्ण र श्वेताको सम्बन्ध ।

श्रीकृष्णले पहिलो पटक निर्माण गरेको फिल्म ‘कहाँ भेटिएला’ मा नायिका बनिन् श्वेता खड्का । फिल्मको गीतजस्तै श्रीकृष्णले फिल्म अभिनयकै दौरानमा हितैको मायालुका रुपमा भेटे श्वेतालाई ।

Picture 332फिल्मको शीर्ष गीत जस्तै श्रीको मनमा राजगर्न श्वेता सफल भइन्. । पहिलो फिल्मबाटै प्रसस्त प्रशंसा बटुलेकी यी अभिनेत्रीले श्रीबिनाको फिल्ममा खेल्न चाहिनन् । तर, कहाँ भेटिएलाको सफलतासँगै उनलाई महजोडीले आफ्नो फिल्ममा खेल्न आग्रह गर्यो । स्वर्गिय निर्देशक शिव रेग्मीले श्वेतालाई खेल्न आग्रह गरेपछि उनले श्रीबिनाको फिल्म खेलिन् । ‘हाँसि देउ एकफेर’ मा उनले अभिनेता राज बल्लभका साथमा अभिनय गरिन् । फिल्म खासै जमेन । श्वेताले पनि अन्य फिल्म नखेल्ने निर्णय गरिन् ।

shreeअस्वस्थतालाई जित्दै श्रीले फेरी फिल्म निर्माण गरे र नायिका बनिन् उनै श्वेता । प्रेममा डुबिसकेको यो जोडीले व्यापारमा समेत सहकार्य गर्दै आइरहेका थिए । श्वेताका लागि अविभावक बने श्री । र उनै श्रीका साथमा ‘कोहिनूर’मा फेरी जोडी जम्यो श्री र श्वेताको । प्रेमी अस्वस्थ हुँदा–हुँदै श्वेताले विबाह गर्ने निर्णय गरिन््, सायद साचो प्रेमको परिभाषालाई उनले सार्थक बनाउन चाहिन् । विवाह अगाबै ओएनएससँग कुरा गर्दै उनले भनेकी थिइन्, ‘म विबाहको सोचमा थिइन्, श्री दाईले प्रस्ताव राखेपछि अक्क न बक्क परे । आफूले माया गर्ने प्रेमीलाई रोगको कारण देखाउदै म छोड्न सक्दिन् ।’ विबाह अगावै श्रीको स्वास्थ्य कमजोर बन्दै गइरहेको परिवार र स्वयम् श्वेताले महशुस गरेकी थिइन् । ‘हामीमा उमेरको अन्तर ठूलो छ तर सायद भगवानलाई यही मञ्जुर छ’, भन्दै उनले प्रेममा सबकुरा जायज हुने अभिव्यक्ति दिएकी थिइन् ।

नेपालका सफल अभिनेता श्री र आकर्षक अभिनेत्री श्वेतालाई आँखा लगाउनेको कमी थिएन् तै पनि यो जोडीलाई समयले एक बनाइ छाड्यो । तर, त्यहि समयले श्वतलाई श्रकृष्णविहन बनायो । आज (बिहीबार) १३ औ पूण्र्यतिथिका दिन श्वेताले मनको चौतारीमा श्रीको अपार मायालाई समाल्दै अन्तिम श्रद्धाञ्जली दिइन् । अन्तिम श्रद्धाञ्जली दिइरहदाँ उनका भावविह्वल आँखाले श्रीलाई नै खोजिरहेका थिए । बिहीबार राजधानीको एक पार्टी प्यालेसमा श्रीको परिवारले १३ औं पूण्र्यतिथिको कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सरकारका मन्त्री, कलाकार र विभिन्न क्षेत्रका प्रवुद्धव्यक्तिको सहभागीता थियो ।

नहेर्ने भईन् श्वेताले कोहिनूर

 

श्वेतासामु नि:शब्द

श्वेताले वेला–वेला आँखा खोल्थिन्, तर धेरै बेरका लागि होइन । आँखा खुल्दा दुई आँखीभौँ यसरी खुम्चिन्थे, मानौँ टाउकोमा असह्य दर्द भइरहेको छ । 


  •  
  •  
  •