बच्चाहरुले कि श्वेता आन्टीलाई भेट्न लानुस् कि त कोहिनुर हेर्न भनेपछि…

198
  •  
  •  
  •  

मेनुका थापा : बच्चाहरुले कि श्वेता आन्टीलाई भेट्न लानुस् कि त कोहिनुर हेर्न भनेपछि ‘कोहिनुर’ हेर्न लगियो । स-साना नानीहरुलाई श्रीमानको शोकमा रहेकी बहिनीलाई भेट्न लान सम्भव भएन, त्यसैले आज साँझको शो हेर्न लगियो…कुमारी हलमा प्रवेश गर्ने बितिकै आफ्नो प्रिय श्री अङ्कलको फोटोमा समवेदना भनेर लेखिएको दृश्य देख्दा साना नानीहरूको मन दुःखी भएको थियो ।

उनीहरु आतुर थिए पर्दामा प्रिय अङ्कल र आन्टीलाई हेर्न…चलचित्रको पर्दामा देखिएको अधिकांश सम्वाद र दृश्य वास्तविक झैँ लाग्थ्यो उनीहरूलाई र अनयासै उनीहरुको आँखामा आँसु आउथ्यो…साच्चै कोहिनुर मुभीमा श्वेता नायिका र श्री कृष्ण नायक बीच घटेका घटनाहरू, बोलिएका अधिकांश डायलगहरु, गीतका शब्दहरु सबै उहाँहरुको वास्तविक जीवनसँगै मिल्नु भनेको त अचम्म कै संयोग हो… अनि फिल्ममा केहि आकर्षक दृश्य इन्डियामा खिचिएको छ, त्यहि इन्डिया मै सबैका प्रिय नायकले अन्तिम स्वास फेर्नु भएको कस्तो संयोग  ।

३ दिन सम्मको प्रयाश पछि बल्ल आज बेलुकीको टिकेट पाइयो । यो फिल्म हेरेपछि थाहा भो, दर्शकको भिड सहानुभूति तथा श्रदान्जलीको लागि मात्रै हैन रैछ, आजको दर्शक एउटा जीवन्त, शसक्त, सन्देशमुलक र स्तरिय फिल्म हेर्ने अवसरबाट वबन्चित हुन चाहदैन  । स्तरिय फिल्मको लागि निर्देशक आकाश अधिकारीज्यू लगायत सम्पूर्ण टिमलाई बधाई र धन्यवाद  ।

photo 3 photo 4

photo 1

photo 2


  •  
  •  
  •