व्यापारी श्रेष्ठलाई अनुसन्धान गर्न म्याद थप

350
  •  
  •  
  •  

काठमाडौं, २४ चैत(ओएनएस) : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध डलरसहित पक्राउ परेका व्यापारी सुवास श्रेष्ठलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।

श्रेष्ठलाई आइतबार राजस्व अनुसन्धान विभागले पाँच दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको विभागले जनाएको छ ।

शुक्रवार दिउँसो ठुलो परिणाममा अवैध डलर बोकेर थाईल्याण्ड जाँदै गरेका श्रेष्ठलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । काठमाडौं–७ मित्रपार्क स्थायी वतन भएका सुवास श्रेष्ठ, श्रीमती उमादेवी श्रेष्ठ, दुई छोरीहरु र एक छोरासहित पक्राउ परेका श्रेष्ठ परिवारका अन्य सदस्यहरुलाई भने छाडिएको प्रहरीले जनाएको छ ।

व्यापारी श्रेष्ठको साथबाट प्रहरीले थाई भाट २२ हजार १५०, युरो १३८०, अमेरिकी डलर १० हजार र चिनीया युआन ८० हजार बरामद गरेको थियो ।

बोर्डिङ गेट नम्बर–५ बाट पक्राउ परेका सुवास श्रेष्ठले अन्तराष्ट्रिय विमानस्थलको यात्रु प्रस्थान कक्षमा कफी शप सञ्चालन गर्दै आएका छन् ।

विमानस्थलको पार्किङ एरियामा ‘कान्तिपुर क्याफे’ समेत सञ्चालन गर्दै आएका श्रेष्ठले विगतमा पनी डलर तस्करी गर्दै आएको आशंकामा थप अनुसन्धानको काम भईरहेको विभागले जनाएको छ ।

शुक्रबार मध्यान्ह पौने २ बजे थाई एयरको फ्लाईट नम्बर टिजी–३२० मार्फत श्रेष्ठ परिवारका पाँच सदस्य सहित बैंकक जाँदै थिए ।


  •  
  •  
  •