लिबियामा मृत्यु भएका श्रेष्ठको शव केही दिनभित्रै नेपाल ल्याइने

357
  •  
  •  
  •  

काठमाडौं । लिबियामा हवाई आक्रमणमा मारिएका लमजुङ बेसीशहर–११ चिति तीनपिप्ले सानोहटियाका सन्तोष श्रेष्ठको शव नेपाल ल्याउने प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार श्रेष्ठको शव ल्याउन अति कठिन भइरहे पनि त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम)सँगको समन्वयमा आवश्यक प्रयास भइरहेको छ ।

श्रेष्ठको शव केही दिनभित्रै नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ । यही असार १७ गते भएको हवाई आक्रमण परी श्रेष्ठसहित ४० जना आप्रवासी र शरणार्थीको मृत्यु भएको थियो ।
श्रेष्ठ लिबियाबाट युरोपेली मुलुक इटाली हिंडेका थिए । मानव तस्करको चंगुलमा परेर त्यहाँ पुगेका उनको रात्रि आक्रमणमा परी मृत्यु भएको हो ।


  •  
  •  
  •